विशेष महाधिवेशनका लागि बुझाएको निवेदन बैठकमा राख्न कांग्रेस केन्द्रीय सदस्यको माग
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तारामान गुरूङले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग विशेष महाधिवेशनका लागि पार्टीमा बुझाइएको निवेदन बैठकमा राख्न आग्रह गरेका छन् ।
शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने क्रममा उनले झण्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले पार्टी समक्ष महाधिवशेनका लागि राखेको माग बैठकमा राखेर छलफल गराउन खड्कासँग माग गरेका हुन् ।
‘सभापतिज्यू हामी धेरै गड्याङ-मड्याङमा नजाऔँ । तपाईंले जिम्मा लिनुभएको छ ५५ प्रतिशत सिग्नेचर गरेको डकुमेन्ट । त्यो विषय यो छलफलमा राखिदिनुस् । यो हेर, साचो हो कि झुटो हो, नक्कली हो कि सक्कली हो, पढ भनिदिनुस्’, गुरूङले भने, ‘किन राख्नुहुन्न तपाईं ? हामीले छलफल गर्न पाउँछौं होला नि त । त्यो छलफल गर्ने हैसियत हाम्रो पनि त होला नि । किन राख्नुहुन्न तपाईं ? जे भनियो त्यही मात्रै कुरा राख्नु हामीले ?’



थर्ड पोल 