भरत दाहालको पक्राउ स्वेच्छाचारी कदम : डा. शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भरत दाहालको पक्राउलाई सरकारको स्वेच्छाचारी कदम भन्दै आपत्ति जनाएका छन्।
सरकार नीति र नियमभन्दा बाहिर गएर चल्न थाले लोकतन्त्र नै खतरामा पर्ने चेतावनी दिँदै उनले दाहालको तत्काल रिहाइको माग गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै डा. कोइरालाले भनेका छन्, ‘जब सरकार नीति र नियमभन्दा बाहिरबाट चल्न थाल्छ, तब त्यो स्वेच्छाचारी हुन थाल्दछ। भरत दाहालको पक्राउ त्यसको पछिल्लो उदाहरण हो।’



थर्ड पोल 