रोजगारीका लागि भारत र ठूला सहरतिर पलायन हुँदै मुगुका युवा

 रोजगारीका लागि भारत र ठूला सहरतिर पलायन हुँदै मुगुका युवा

काठमाडौं । मुगुका अधिकांश युवाहरु रोजीरोटी एवम जीवन निर्वाहका लागि नेपालका ठूला शहर र भारततिर लागेका छन् । गाउँमा रोजगारीका अवसरहरु नभएपछि उनीहरु ठूला शहर र भारततर्फ गएका हुन् । ‘गाउँमा उत्पादन गरेको खेतीले परिवारको जीवन निर्वाह गर्न ६ महिना पनि नपुग्ने, बर्षेनी बाली लगाउनलाई सिँचाइ सुविधा नहुने साथै अन्य आय स्रोत नहुँदा उनीहरुले गाउँ छाडेका हुन् । स्थानीय सरकारले पनि रोजगारमूखी कार्यक्रमहरु नल्याउँदा युवा पलायन हुँदा गाउँमा जन्ती–मलामीको अभाव हुने गरेको स्थानीइ बताउँछन् ।

जिल्लाका सोरु गाँउपालिका अन्तरगत धैन, कालै, भिई, नार्थर्पु, फोतु,लिब्रु, कच्र्चे, रुम, ख्याल्च,बुम्च,सिरुपटा, खत्याड गाँउपालिकाको अमाले, लुमेरा, सेरी, जाम,जुम्फै,गम्था,कोटडाडा, रासकोटीवाडा, ह्रयाङ्गलु जस्ता गाउँहरु साथै छायानाथ रारा नगरपालिका अन्तरगत रुगा,रोवा,पिना,कार्कीवाडा,ढुम,बाम,मुन्दर कोटीला थार्प,तिर्थलगाउत पाँच दर्जन गाउँका युवाहरु पलायन भएका हुन् । 

मुगुमा एक नगरपालिका र तीन गाउँपालिकाले युवा लक्षित कार्यक्रमहरु ल्याएको दावी गरेका छन् । यहाँ अधिकास युवाहरु भारतका बिभिन्न शहरलगायत नेपालका काठमाडौ, धरान, बुटवल, चितवन, नेपालगंन्ज, भैरहवालगायतका शहरमा युवाहरु मजदुरी र व्यापार गर्न जाने गरेका छन् ।