भ्रष्टाचार विरोधी साताव्यापी अभियान चलाउनुपर्छ : प्रकाश रसाइली

भ्रष्टाचार विरोधी साताव्यापी अभियान चलाउनुपर्छ : प्रकाश रसाइली

काठमाडौ, ४ साउन । भ्रष्टाचारको कुरा सुन्ने बित्तिकै पार्टीले मुख थुन्ने गरेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइलीले बताएका छन् । बिहीबार पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा उनले भ्रष्टाचार विरोधी साताव्यापी अभियान चलाउनुपर्ने बताए ।

उनले भने ‘मेरो कसैप्रति आग्रह पूर्वाग्रह छैन । तर, कांग्रेस पार्टी भ्रष्टाचारको कुरा आउने बित्तिकै मुख र कान थुन्छ । आँखा बन्द गरिहाल्छ । एउटा व्यक्तिको बारेमा होइन। हाम्रा पार्टीको कोही नेताहरू होला वा नहोलान्। त्यो विषयमा होइन।’केन्द्रीय सदस्य रसाइलीले महामन्त्रीले राखेको कार्ययोजनामा सामाजिक न्याय र महिला हिंसाको बारेमा कुनै पनि कुरा नआएको पनि बताए ।