प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरूद्ध उजुरी आह्वान
काठमाडौ, २४ साउन । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ विरुद्ध उजुरी आब्हान भएको छ । संघीय संसद अन्तर्गतको संसदीय सुनुवाई समितिले संवैधानिक परिषद्ले हालै सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि सिफारिस गरिएका श्रेष्ठविरुद्ध उजुरी आब्हान गरेको हो ।
नेपालको प्रधानन्यायाधीश पदमा देहाय बमोजिम (श्रेष्ठ) का व्यक्तिको नियुक्तिको लागि संवैधानिक परिषदबाट सिफारिस भई संसदीय सुनुवाईका लागि समितिमा पत्र आएको जनाउँदै उक्त समितिले उक्त पदमा उनलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित १० दिन भित्रमा उजुरी दिन अनुरोध गरिएको हो ।
थर्ड पोल 