एमाले स्थायी कमिटिको पहिलो बैठक आज बस्दै, यस्ता छन् बैठकका एजेण्डा

एमाले स्थायी कमिटिको पहिलो बैठक आज बस्दै, यस्ता छन् बैठकका एजेण्डा

नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्यूमा बस्ने भएको छ । बैठकले चुनाव लक्षित ठोस कार्ययोजना तय गर्ने जनाइएको छ ।

बैठकमा हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर पार्टी पंक्तिलाई निर्वाचनमा परिचालन गर्ने योजना बनाईने बताईएको छ।

स्थायी कमिटीमा पदाधिकारीसहित ४५ जना सदस्य छन् भने चार जना पदेन सदस्य रहेका छन् ।