हुन्डाईको फेस्टिभ डिलाइट योजना २०८१ सार्वजनिक, १० लाख रुपैयाँसम्म नगद छुट

हुन्डाईको फेस्टिभ डिलाइट योजना २०८१ सार्वजनिक, १० लाख रुपैयाँसम्म नगद छुट

ग्राहकहरूको दशैं–तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षहरूदेखि नै गाडीका साथै अन्य आकर्षक उपहारहरू दिँदै आएको छ । यस वर्ष पनि यही परम्परा कायम राखी १ जना भाग्यशाली ग्राहकले 'मेड इन नेपाल हुन्डाई भेन्यु' लक्की ड्रमार्फत प्राप्त गर्न सक्नेछन् । हुन्डाईको चाडपर्व लक्षित योजना नेपाली अटोमोबाइल बजारमा सबैभन्दा बहुप्रतीक्षित योजना मानिदै आएको छ ।

हुन्डार्ड फेस्टिभ डिलाइट २०८१ अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा १० लाख रुपैयाँसम्मको आकर्षक नगद छुट, स्क्राच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुटका साथै १ वर्षका लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । 

यही ११ भदौदेखि सुरु हुने नाडा अटो शो २०२४ मा बुकिङ गर्ने ग्राहकहरूले पनि यस योजनाबाट लाभान्वित हुन सक्ने कम्पनीले जनाएको छ । नाडा अटो शो २०२४ मा हुन्डाईको स्टल भ्रमण गरेर हुन्डाईका विभिन्न उत्पादनहरूको अवलोकन गरी आफ्ना जिज्ञासाहरू पनि मेट्न सक्ने कम्पनीको भनाइ छ । हुन्डाईका सबै गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ उपलब्ध छ । यो योजना आगामी २२ मंसिर (छठ पर्व) सम्म लागू हुनेछ । 

यसै अवसरमा हालै चलिरहेको 'Hyundai Test Drive and Win' क्याम्पेनअन्तर्गत ग्राहकहरूले हुन्डाईका नेपालभर रहेका कुनै पनि शोरुममा गई हुन्डाई गाडीका लाइनअपहरू मध्यबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरू हात खाली नहुने गरी प्राप्त गर्न सकिने बताइएको छ ।