हिजो भएको विमान दुर्घटनाका केहि रोचक र दुखद घटनाहरु
काठमाडौं । हिजो भएको एयर इन्डिया विमान दुर्घटनामा परेकी मणिपुरकी २० वर्षीया केबिन क्रु कोंगब्राईलत्पम नगन्थोई शर्माको परिवार अझै पनि चमत्कारको आशामा छ। मेरी छोरी फर्केर आउँछ भन्दै रुदै चिच्याइरेकी छ्न् उनकी आमा, आमा फोन गर्दै भन्दैछ्नि मेरी छोरिको फोनमा रिङ्ग गइरहेको छ मेरी छोरीलाई केही भको छैन भन्दै रोइरहेका छ्न् । शर्माको शवको पहिचान भएको छैन । उनको मोबाइल फोन कतै उछिटिएर कतै खसेको आशंका गरिएको छ । आमाको माया न हो फोनमा रिङ्ग गइरहेकाले छोरी जिवितै फर्केर आउने आशामा छिन् ।
त्यस्तै सोही विमान माफर्mत लण्डन जान लागेकी एक युवती १० मिनेट ढिला हुँदा एयर इन्डियाको भीषण विमान दुर्घ’टनाबाट संयोगले ज्यान जोगाउन सफल भएकी छन्। रिपब्लिक टिभीको रिपोर्ट अनुसार, भूमि चौहान ट्राफिकमा फसेर फ्लाइट छुटेको कारण दुर्घ’टनाग्रस्त भएको एआई–१७१ विमान चढ्नबाट छुटेकी थिइन्।
चौहानले भनिन् ‘मेरो शरीर अझै काँपिरहेको छ। मेरो ज्यान जोगियो भन्ने सोच्दा पनि डर लागिरहेको छ,’ । उनका अनुसार उनी दिउँसो करिब १स्३० बजे सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्किएकी थिइन्।
त्यसैगरी एयर इन्डियाको विमान दुुर्घटनामा ज्यान गुमाएका एकै परिवारका ५ जनाले खिचेको अन्तिम सेल्फी बनेको छ । उनीहरु उक्त तस्विरमा निकै खुशि देखिएका छन् । तर उनीहरुको त्यो केही क्षणका लागि मात्र सिमित रहयो, उक्त हासो, खुशी विमान दुुर्घटनासँगै जल्यो । आफ्नो आफन्तजनका लागि त्यही अन्तिम सेल्फी चिनो छोडेर सदैका लागि अस्ताए ।
अहमदाबाद विमान दुर्घटनामा मृत्युको मुखबाट सुरक्षित बाँच्न सफल भए यात्री रमेश विश्वास कुमार । उक्त दुर्घटनामा शत प्रतिशत यात्रीहरुको ज्यान गयो तर यात्री विश्वास कुमार रमेश सुरक्षित रहे । मृत्युलाई जितेका यात्री रमेश भन्छन्, म विमानबाट हाम फालेको होइन तर सिट सहित विमानबाट बाहिर निस्किएँ। उडानको ३० सेकेन्ड पछि, ठूलो आवाज आयो र त्यसपछि विमान दुर्घटनाग्रस्त भयो। यो सबै धेरै छिटो भयो। दुर्घटना पछि जब म होशमा आएँ, मैले मेरो वरिपरि मृत शरीरहरू देखेँ। म डराएँ। म उठेर दौडें। विमानका टुक्राहरू मेरो वरिपरि छरिएका थिए। कसैले मलाई समातेर एम्बुलेन्समा राख्यो र अस्पताल लग्यो।
अहमदाबादका उच्च प्रहरी अधिकारी कनन देसाईले अहिलेसम्म २६५ वटा शव गनिएको बताएका बेलायती पत्रिका द गार्डियनले जनाएको छ । ‘यो संख्यामा जमिनमा मर्नेहरू पनि समावेश छन्’, समाचारमा भनिएको छ, ‘तर अझै शवका टुक्रा भेटिन सक्ने भएकाले संख्या बढ्न सक्ने उनले बताएका छन् ।’



थर्ड पोल 