स्वर्ग र नर्क’को थिममा हिमालय रोडिजको सातौं सिजन आजदेखि

स्वर्ग र नर्क’को थिममा हिमालय रोडिजको सातौं सिजन आजदेखि

 एड्भेन्चर रियालिटी शो ‘हिमालय रोडिज’ सातौं सिजनको प्रसारण आजदेखि सुरु हुँदैछ । ‘हेल अर हेभन’ थिमसहित आउन लागेको नयाँ सिजनको सुरुवात पीआई राउण्डदेखि सुरु हुनेछ ।

पाँच एपिसोडसम्म हुने यो राउण्डमा ७५ जनाले यो प्रतिस्पर्धा गर्नेछन् । त्यहाँबाट छनोट हुने ४४ जना ब्याटल राउण्डमा पुग्नेछन् ।

ब्याटलबाट छनोट हुने २० जना जर्नी राउण्डमा प्रवेश गर्नेछन् । उनीहरूले विभिन्न टास्कमा प्रतिस्पर्धा गर्नेछन् । यसबाट एकजना विजेता हुनेछन् ।

सातौं सिजन कूल १८ एपिसोडको हुनेछ । ग्याङ लिडरको रुपमा कविता नेपालीको प्रवेश भएको छ । होस्टमा रेमनदास श्रेष्ठ छन् भने अन्य ग्याङ लिडरमा अनुपविक्रम शाही, प्रियंका कार्की र आशिष रानामगर छन् ।

‘आजको एपिसोडमा हेल को भन्ने रहस्य दर्शकले थाहा पाउनुहुनेछ’ निर्देशक सिमोस सुनुवारले भने, ‘हेभनको रुपमा रेमनदास हुनुहुन्छ भने हेल को होला ?’

‘हेल र हेभन’को थिममा नयाँ विषय र प्रस्तुति दिन खोजेको निर्देशक सुनुवारले बताए ।