सिरहामा पुरुषको शव भेटियो, हत्याको आशंका

सिरहामा पुरुषको शव भेटियो, हत्याको आशंका

 सिरहामा एक युवकको शव फेला परेको छ ।

सिरहा जिल्लाको अर्नमा गाउँपालिका–१ बुदियाचापमा  स्थानीय रामसेवक महराका छोरा ४३ वर्षीय अजय महरा घाँटीमा गम्छा बेरिएर लडिरहेको अवस्थामा मृत फेला परेका हुन् ।

आज बिहान आफ्नो घरभन्दा केही पर मुलिफ अलि मन्सुरको आँपको रुख तल शव फेला परेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासमानले जानकारी दिए ।

आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।