सर्वसाधारणको लागि साधारण आईपीओ जारी गर्दै बन्दिपुर केबल कार
काठमाडौं । भैरहवा कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक सईको जिम्मेवारी खोसिएको छ । नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्काको जिम्मेवारी खोस्दै हेडक्वाटर झिकाइएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले पनि हस्ताक्षरबारे बुझन् खड्कालाई हेडक्वाटर झिकाइएको पुष्टि गरे ।
सहकारी ठगीको आरोपमा थुनामा रहेका लामिछानेको पक्षमा नागरिकस्तरबाट भन्दै रास्वपाले हस्ताक्षर अभियान चलाएको छ । राजनीतिक प्रतिशोध साँधिएको भन्दै चलाइएको हस्ताक्षर अभियानमा सई खड्काले हस्ताक्षर गरेको फोटा सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि उनी छानबिनमा तानिएका हुन् ।



थर्ड पोल 