सरकारविरुद्ध एमाले कोसीले गर्यो आन्दोलन घोषणा
नेकपा (एमाले) कोसी प्रदेश कमिटीले वर्तमान सरकारका कदमलाई असंवैधानिक र प्रतिगमनकारी भन्दै सशक्त आन्दोलनमा जाने घोषणा गरेको छ । मंगलबार (पुस ८) विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रदेश कमिटीले यस्तो निर्णय सार्वजनिक गरेको हो ।
प्रदेश अध्यक्ष घनश्याम खतिवडाले आन्दोलनमा जानुको विकल्प नभएको बताए । उनले भने, “असंवैधानिक सरकारले गरेका निर्णय र कार्य हामीलाई मान्य छैनन् ।”
प्रदेश अध्यक्ष खतिवडाद्वारा जारी विज्ञप्तिमा सरकारले राजनीतिक प्रतिशोध साध्ने उद्देश्य राखेको आरोप लगाइएको छ । त्यसविरुद्ध कोसीका सबै १४ जिल्लामा चरणबद्ध प्रदर्शन गरिने जनाइएको छ ।
पार्टीको हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन भएको छ । विज्ञप्तिमा भनिएको छ, “देशको सबैभन्दा ठूलो र लोकप्रिय पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कथित छानबिन आयोगको नाममा अनावश्यक दुःख दिन खोज्दै मुलुकलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्ने प्रयास भइरहेको छ



थर्ड पोल 