सरकारी संस्थान/निकायमा कर्मचारी र सञ्चालकलाई मनपरी सुविधा, नियन्त्रण गर्न सिफारिस

सरकारी संस्थान/निकायमा कर्मचारी र सञ्चालकलाई मनपरी सुविधा, नियन्त्रण गर्न सिफारिस

राज्यकोषबाट लगानी भएका नियामक निकाय, प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानमा कर्मचारी र पदाधिकारीलाई मनपरी सेवा सुविधा बाँड्ने गरेको पाइएको छ ।

सरकारी कार्यदलले गरेको अध्ययनले यो प्रवृत्ति अन्त्य गर्दै मनपरी सेवा सुविधा बाँड्ने काममा रोक लगाउन सिफारिस गरेको छ 

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट भाषणमा राज्यकोषबाट सेवा सुविधा लिने निकायको सेवा सुविधामा एकरूपता ल्याउन समिति गठन गर्ने उल्लेख थियो ।

सोही अनुसार अर्थ मन्त्रालयले गठन गरेको समितिले सरकारलाई विद्यमान मनपरीतन्त्र अन्त्य गरी सेवा सुविधा व्यवस्थित गर्न सिफारिस गरेको हो ।