सरकारी सरह सेवा सुविधा पाउनुपर्ने माग गर्दै नर्सहरूले गरे विरोध प्रदर्शन

सरकारी सरह सेवा सुविधा पाउनुपर्ने माग गर्दै नर्सहरूले गरे विरोध प्रदर्शन

नेपाल नर्सिङ सङ्घको आह्वानमा नर्सहरूले विरोध प्रदर्शन गरेका छन् । शुक्रबार सरकारी नर्स सरहको सेवा सुविधा पाउनुपर्ने लगायतका माग राखेर उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

सोही क्रममा मिनभवनस्थित सिभिल अस्पतालका नर्सहरूले आज अत्यावश्यक सेवा बाहेकका नर्सिङ सेवा २ घण्टा बन्द गरेर विरोध प्रदर्शन गरेका छन् ।  

सङ्घले पुनः पेस गरेको माग पुरा गर्ने सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यदल गठन गरेको छ । उक्त कार्यदलको कार्यअवधि छठ पर्वपछि ७ दिन रहेको छ ।  शान्तिपूर्ण प्रदर्शन देशका अन्य अस्पतालमा समेत भइरहेको सङ्घले जनाएको छ ।