सेयर बजारले समात्दै लय, कारोबार रकममा पनि उछाल

सेयर बजारले समात्दै लय, कारोबार रकममा पनि उछाल

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार बढेको छ। यसअघि सोमबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको थियो। सोमबार झण्डै २३ अंकले वृद्धि भएको सेयर बजार आज २५ अंकले बढेको हो।

सेयर बजार बढेसँगै मंगलबार २६७८ विन्दुमा पुगेर बन्द भएको छ। आज कारोबार रकम पनि बढेको छ। सोमबार साढे आठ अर्बको सेयर कारोबार हुँदा आज झण्डै सवा १० अर्बको सेयर कारोबार भएको हो।

कारोबारका आधार आज दुई कम्पनीको सेयर मूल्यले सकारात्मक सर्किट हानेको छ। जसमा पुरे इनर्जी लिमिटेड र श्री इन्भेस्टमेन्ट फाइनान्स को लिमिटेड रहेका छन्। आज सबैभन्दा बढी गिरावट हुनेमा रावा इनर्जी डेभलपमेन्ट लिमिटेड रहेको छ।

कारोबारका आधारमा आज १९६ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा ५२ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।