सुनको मूल्यमा भारी वृद्धि, तोलाको कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा सुनको मूल्य आज ५ हजार २०० सय रुपैयाँले वृद्धि भएको छ। अघिल्लो दिन सोमबार १९०० ले घटेको सुन आज ५ हजार २०० सयले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ५ हजार २०० ले बढेर प्रतितोला सुनको भाउ २ लाख ४७ हजार ९०० कायम भएको छ।
सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। आज एक तोला चाँदीको मूल्य ३ हजार २०० कायम भएको छ। अघिल्लो दिन सोमबार सोही परिमाणको चाँदी ३ हजार १३५ रुपैयाँमा खरिदबिक्री भएको थियो।



थर्ड पोल 