सुदन गुरूङमाथि आक्रमण प्रयास, सरकारले सुरक्षा बढायो

सुदन गुरूङमाथि आक्रमण प्रयास, सरकारले सुरक्षा बढायो

‘हामी नेपाल’का संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ ।

गुरुङमाथि आफ्नो अफिसबाट निस्केर जाँदै गर्दा गुरुङमाथि सुरूमा मोटरसाइकलमा पछ्याएको समूहमा दुईवटा रातो कारमा आएको समूहले आक्रमण गर्न खोजेको हो ।

उनलाई रानीबारीदेखि नयाँबानेश्वर चोकसम्म पछ्याएर आक्रमण प्रयास भएको दाबी गरिएको छ।

सुदनमाथि भौतिक आक्रमणको प्रयास भएपछि सरकारले सुरक्षा बढाएको छ । सुदनले सुरक्षित ठाउँमा रहेको प्रतिक्रिया दिएका छन् ।

यसअघि रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा उनीविरुद्ध आक्रमण प्रयास भएको थियो ।

अहिले पनि सुदनले आफू कसैसँग नडराएको बताएका छन् । उनले बलियो आत्मबल लिएर देश परिवर्तनको अभियानमा होमिएको बताएका छन् । उनले देशबाट भ्रष्टहरूलाई भगाएरै छोड्ने उद्घोष पनि गरेका थिए