शंकर पोखरेलसँगै भोट माग्न हिँडे प्रदीप ज्ञवाली

शंकर पोखरेलसँगै भोट माग्न हिँडे प्रदीप ज्ञवाली

नेकपा (एमाले)को ११ औं महाधिवेशनमा मंगलबार अपराह्न ४ बजेदेखि मतदान हुँदैछ। 

मतदान सुरू हुनुअघि भृकुटीमण्डपमा उम्मेदवारहरू प्रतिनिधिहरूसँग भोट मागिरहेका छन्। 

यसपालि केपी शर्मा ओली र ईश्वर पोखरेलले आ-आफ्नो समूह बनाएर पदाधिकारीमा चुनाव लड्दैछन्। 

ओली पक्षमा महासचिवको आकांक्षी रहेका प्रदीप ज्ञवाली उपाध्यक्षको प्रस्ताव अस्वीकार गर्दै सोमबार भृकुटीमण्डपबाट बाहिरिएका थिए। 

उनले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका थिए। 

ज्ञवालीले  मंगलबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आफूलाई केन्द्रीय सदस्य र पदाधिकारीमा केपी शर्मा ओलीको टिमका लागि मत मागेका थिए।