शंकर पोखरेल भन्छन्– एमालेमा पाँच नेतृत्व फेरिँदा माओवादीमा प्रचण्ड नै अध्यक्ष
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रमा नेतृत्व परिवर्तन नै नभएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा २०४६ सालको आन्दोलनपछि एमाले र नेपाली कांग्रेस पार्टीको फेरिएका नेतृत्वको सूची राख्दै माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कटाक्ष गरेका हुन्।
पोखरेलले २०४६ सालको परिवर्तनपछि नेकपा (माले) र नेकपा (मार्क्सवादी) एकता भएर एमाले बनेयता मदन भण्डारी, मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी ओली पार्टी प्रमुख बनेको उल्लेख गरेका छन्।
यसमध्ये मनमोहन अधिकारी पार्टी अध्यक्ष भए पनि उनको भूमिका कार्यकारी थिएन। उनी एमालेको पाँचौं र छैठौं महाधिवेशनपछि अध्यक्ष बनेका थिए।
मदन भण्डारी २०४६ देखि २०५० सालसम्म पार्टी महासचिव थिए।



थर्ड पोल 