विराटनगरका मेयर कोइराला इजरायलबाट स्वदेश फर्किए

विराटनगरका मेयर कोइराला इजरायलबाट स्वदेश फर्किए

कार्यक्रमको सिलसिलामा युद्धग्रस्त इजरायल पुगेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला स्वदेश फर्किएका छन् । 

एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन इजरायल पुगेका उनी सम्मेलन स्थगित भए पनि उडान टिकट अघि सार्न नमिलेपछि केही दिनयता इजरायलमा रहेका थिए । 

उनी जुन १७ देखि १९ सम्म आयोजना हुने भनिएको मुनी वर्ल्ड कन्फरेन्समा भाग लिन इजरायल पुगेका थिए । 

तर, इजरायलको वर्तमान सुरक्षा अवस्थाका कारण अन्तिम समयमा उक्त सम्मेलन स्थगित गरिएको थियो।