विदेशी खेलाडीमा निर्भर कर्णालीको टप अर्डर, गत सिजनभन्दा राम्रो नतिजा ल्याउने लक्ष्य

विदेशी खेलाडीमा निर्भर कर्णालीको टप अर्डर, गत सिजनभन्दा राम्रो नतिजा ल्याउने लक्ष्य

 भारतीय स्टार ब्याटर शिखर धवनलाई अनुबन्ध गर्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजनमा तहल्का मच्चाएको थियो ।

मैदानमा धवनको प्रदर्शन ठिकठाक भएपनि मैदान बाहिर भने उनको आगमनले चर्चा धेरै भयो । कर्णाली याक्सबाट धवनले टीयू मैदानमा एनपीएल खेल्दा विश्वभर यसको व्यापक चर्चा भयो । भारतमा पनि एनपीएलका समर्थकहरू बढेको थियो भने कर्णाली याक्स र एनपीएलसँगै नेपाली क्रिकेटको चर्चा पनि बढ्यो ।

एनपीएललाई नेपाल भन्दा बाहिर चर्चा गराउने एक कारण र माध्यन उनै धवन बनेका थिए ।

मैदानमा पनि कर्णालीको प्रदर्शन औसत रह्यो । लिग चरणमा चौथो हुँदै प्लेअफ पुगेको कर्णाली क्वालिफायर दुईमा पराजित हुँदा फाइनल भने पुग्न सकेन । ८ टिम सहभागी एनपीएलमा कर्णाली तेस्रो स्थानमा रह्यो ।