लेमन ट्री प्रिमियरमा कामना सेवा विकास बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

लेमन ट्री प्रिमियरमा कामना सेवा विकास बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

काठमाडौं । कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरूले काठमाडौंको बूढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले आफ्ना कर्मचारी तथा ग्राहकहरूलाई लाभान्वित तुल्याउन लेमन ट्री प्रिमियरसँग त्यस्तो सम्झौता गरेको जनाएको छ ।

उक्त छुटसम्बन्धी सम्झौतामा बैंकका काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र होटलका प्रमुख सञ्चालन अधिकृत यादवप्रसाद पाण्डेले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार लेमन ट्री प्रिमियरमा उपलब्ध सेवा सुविधा अकोमोडेसन, फुड र वेभरेजमा १५ प्रतिशत तथा स्पामा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले बैंकसँगको आबद्धता भएको प्रमाणका आधारमा यस्तो सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।