रास्वपाका सबै प्रदेश इञ्चार्जहरू जिम्मेवारी मुक्त

रास्वपाका सबै प्रदेश इञ्चार्जहरू जिम्मेवारी मुक्त

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश इञ्चार्जहरूलाई जिम्मेवारीबाट मुक्त गरेको छ ।

मंगलबार बसेको सचिवालय बैठकले इञ्चार्जको भूमिका रहेका नेताहरूलाई जिम्मेवारीबाट मुक्त गरेको हो । खाली रहेको प्रदेश इञ्चार्जहरू केन्द्रीय सदस्यबाट पूर्ति गरिने रास्वपाले जनाएको छ ।

प्रदेश इञ्चार्जको जिम्मेवारीमा रहेका नेताहरू पार्टीको सचिवालय सदस्य समेत हुन् । २१ फागुनको निर्वाचनलाई मध्यनजर गर्दै उनीहरूलाई प्रदेश इञ्चार्जबाट पदमुक्त गरिएको रास्वपाले जनाएको छ ।

प्रदेश इञ्चार्जको जिम्मेवारीबाट मुक्त गरिएकाहरूलाई निर्वाचन केन्द्रित गतिविधिमा लगाउने निर्णय भएको छ ।