रास्वपाको सचिवालय बैठक आज बस्दै, छलफलका यी ६ सूची
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक मंगलबार दिउँसो बस्दैछ।
दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यलयमा बस्ने बैठकमा छलफलका लागि ६ वटा कार्यसूची तय गरिएको छ।
बैठकमा समसामयिक राजनीतिक एवं पार्टी गतिविधिबारे छलफल हुने रास्वपाले जनाएको छ।
यससँगै भैरहवामा बसेको संसदीय दलको बैठकबारे सचिवालयलाई जानकारी दिइने प्रवक्ता मनिष झाले बताए। यस्तै रूपन्देही–३ को उपचुनावको तयारीबारे पनि सचिवालयमा ब्रिफिङ गर्ने तयारी छ।
रास्वपाको सुदूरपश्चिम प्रदेश समस्या समाधान गर्न गठित कार्यदलको प्रगतिबारे पनि बैठकलाई जानकारी गराइने झाले बताए।
आजको बैठकमा विधान व्याख्या (अनुशासन आयोगको प्रयोजनको लागि) अनुमोदनबारे पनि छलफलको कार्यसूची तय गरिएको छ।
बैठकमा रूपन्देही उपनिर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने सम्बन्धमा पनि छलफल हुने उनले बताए।



थर्ड पोल 