रास्वपाको केन्द्रीय समिति बैठक जारी

रास्वपाको केन्द्रीय समिति बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बसेको छ। 

पार्टी केन्द्रीय कार्यालय चःमतिमा शनिबार बिहान केन्द्रीय समितिको बैठक जारी रहेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। 

बैठक बिहान साढे ८ बजेदेखि सुरू भएको हो। 

बैठकमा समसामयिक राजनीतिक परिस्थिती र पार्टीले घोषणा गरेको अभियानबारे छलफल हुने बताइएको छ।