रास्वपा केन्द्रीय समितिमा दर्जन विषयमा हुँदैछ छलफल

रास्वपा केन्द्रीय समितिमा दर्जन विषयमा हुँदैछ छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक शुक्रबार बस्दैछ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा  बस्ने बैठकमा १३ वटा छलफलको कार्यसूची तय गरिएको छ।

केन्द्रीय प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा समसामयिक राजनीतिक एवं पार्टी गतिविधि सम्बन्धमा छलफल हुनेछ।
यसमा केन्द्रीय विभागको प्रगति रिपोर्ट, संसदीय दलको रूपन्देही बैठक अपडेट, रूपन्देही उपनिर्वाचन अपडेट, रूपन्देही संगठन अपडेट, कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन प्रतिवेदनबारे छलफल हुनेछ।

दोस्रो कार्यसूची प्रदेश इन्चार्जहरूलाई आआफ्ना प्रदेशको रणनीतिको सार एवं रिपोर्ट पेश गर्न भनिएको छ। यसमा प्रदेश इन्चार्जहरूले बढीमा तीन मिनेटभित्र रिपोर्ट पेश गर्न पाउनेछन्।

तेस्रोमा केन्द्रीय सदस्य रिपोर्टिङ रहेको छ। यसमा केन्द्रीय सदस्यहरूले अधिकतम २ मिनेट बोल्न पाउनेछन्।