राष्ट्रियसभाको बैठक बस्दै, यी हुन् कार्यसूची
संघीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार १ः१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ।
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८२ र राष्ट्र ऋण उठाउने विधेयक २०८२ माथि दफावार छलफल गर्ने कार्यसूची छ।
ती विधेयकलाई पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउने सम्भावित कार्यसूची तय गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।
यस्तै शुक्रबार पाँचवटा संसदीय समितिको बैठक बस्दैछ। अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ।
यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०८१ माथि छलफल गर्नेगरी निर्धारण गरिएको छ।



थर्ड पोल 