राष्ट्र बैंक हस्तक्षेपले पनि सुध्रिएन सहकारी बैंक, सञ्चित नोक्सानी ४ अर्ब

राष्ट्र बैंक हस्तक्षेपले पनि सुध्रिएन सहकारी बैंक, सञ्चित नोक्सानी ४ अर्ब

राष्ट्रिय सहकारी बैंकको समस्या झनै जटिल बन्दै गएको छ । नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरीवेक्षणको दायरमा पुगेको बैंकको वित्तीय अवस्था झनै कमजोर देखिएको हो ।

सहकारी संस्थाबाट नै निक्षेप लिने र उनीहरूलाई नै कर्जा दिने सहकारी बैंकमा सुशासनको कमीका कारण वित्तीय अवस्था रुग्ण अवस्थामा पुगेको नेपाल राष्ट्र बैंकका एक अधिकारले बताए 

‘राजनीतिलाई आधार बनाएर सहकारी चलाउने तथा कमी कमजोरी लुकाउने र त्यसका लागि सहकारी बैंकलाई प्रयोग गर्न सञ्चालन समिति र व्यवस्थापनको मिलेमतो हुने अभ्यासले संस्था समस्यामा पुगेको देखिन्छ,’ केन्द्रीय बैंकका ती अधिकारीले भने,‘बैंकको दायरा भित्र आएपछि आवश्यक अनुमन तथा निरीक्षण गर्दा समेत राजनीतिक दबाब आउँथ्यो ।’