रवि लामिछानेको कोठाको झ्यालमा रहेको प्लाइउड हटाएर जाली राखियो

रवि लामिछानेको कोठाको झ्यालमा रहेको प्लाइउड हटाएर जाली राखियो

कारागार कार्यालय रुपन्देहीले पूर्व उपप्रधान तथा गृहमन्त्री एवं हाल निलम्बित प्रतिनिधि सभा सदस्य रवि लामिछानेको कोठाको झ्यालमा रहेको प्लाइउड हटाएर जाली राखी सकिएको जानकारी दिएको छ । लामिछाने रुपन्देही कारागारमा विगत चार महिनादेखि सहकारी ठगी सङ्गठित अपराध मुद्दामा थुनुवाको रूपमा रहेका छन् । 

कारागारका अनुसार लामिछानेको सुरक्षा अवस्थालाई मध्यनजर गरी निजलाई प्रारम्भ देखि नै छुट्टै बन्दीगृहको अलग्गै एउटा कोठामा राखिएको हो । कारागारले उक्त कोठामा छुट्टै शौचालयको समेत व्यवस्था रहेको तथा उनलाई प्रारम्भ देखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम रहेको जनाएको छ ।