र्‍याडिसन होटलका सेवामा कुमारी बैंकका ग्राहकले २० प्रतिशतसम्म छुट पाउने

 र्‍याडिसन होटलका सेवामा कुमारी बैंकका ग्राहकले २० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटल लाजिम्पाट, काठमाडौंका सेवा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र होटलबीच भएको सम्झौताअनुसार बैंकका डेबिटकार्ड तथा क्रेडिटकार्डका प्रयोगकर्ताहरुले होटलका सेवा लिँदा छुट पाउने भएका हुन् ।

सम्झौताअनुसार बैंक डेबिटकार्ड तथा क्रेडिटकार्ड प्रयोगकर्ताले र्‍याडिसन होटल बाट प्रदान गरिने खाद्य तथा पेय पदार्थमा १५प्रतिशत, पेस्ट्री सपमा १०प्रतिशत, फिटनेस सम्बन्धि सेवामा २०प्रतिशत, ट्रानक्विलिटी स्पा तथा एअरपोर्ट रेष्टुरेन्ट सेवामा १५ प्रतिशत र केकहरुमा १०प्रतिशत छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।बैंकले यस सम्झौताबाट आफ्ना ग्राहकहरु लाभान्वित हुने अपेक्षा राखेको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।