राप्रपा विभाजन गर्ने तागत कसैसँग छैन: लिङ्देन

राप्रपा विभाजन गर्ने तागत कसैसँग छैन: लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र देखिएको मतभेदतर्फ लक्ष्य गर्दै कसैले पार्टी विभाजन गर्ने तागत नराख्ने बताएका छन्। उनले अहिले राप्रपा विभाजन गर्नुपर्ने कुनै कारण नरहेकोसमेत बताए।

अध्यक्ष लिङ्देनले असार २५ गते अनुशासन समिति अध्यक्षबाट नवराज सुवेदीलाई, प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई पदमुक्त गरेका थिए भने साउन २ गते उपाध्यक्ष तथा केन्द्रीय सदस्यबाट मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेका थिए।

अध्यक्षले स्पष्टीकरणको मौकासमेत नदिई आफूहरूलाई पदमुक्त गरेको भन्दै सुवेदी, लावती र गिरी निर्वाचन आयोग गएका छन् भने आयोगले यस विषयमा के भएको हो जानकारी गराउन राप्रपालाई पत्र काटेको छ।

अध्यक्ष लिङ्देनले फरक विचार राख्नेहरूलाई जिम्मेवारीबाट हटाउने र जिम्मेवारीविहीन बनाउन खोजेको भन्दै उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री धवल शम्शेर राणा र कुन्तिकुमारी शाहीलगायतले विज्ञप्ति निकालेर विरोध गर्दै नेताहरूमाथि गरिएका कारबाही फिर्ता लिन माग गरिरहेका छन्।

तर अध्यक्ष लिङ्देनले मनोनीत पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गर्न सकिने तर्क गर्दै आएका छन्। कसैलाई यस विषयमा चित्त नबुझे पार्टीका बैठकमा कुरा राख्न सक्ने तर शुभेच्छुकहरूलाई भ्रम पर्ने गरी प्रचार गर्न नहुनेमा लिङ्देन छन्