यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?  

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?  

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर बढ्दा यूरो र बेलायती पाउण्ड घटेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०३ पैसा र बिक्री दर १३४ रुपैयाँ ६३ पैसा पुगेको छ ।त्यस्तै, युरो एकको खरिद दर १४९ रुपैयाँ १२ पैसा र बिक्री दर १४९ रुपैयाँ ७८ पैसा रहेको छ ।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७७ रुपैयाँ १३ पैसा र बिक्री दर १७७ रुपैयाँ ९२ पैसा पुगेको छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।