यस पटक हिउँदमै पुर्न थालियो काठमाडौंमा सडकका खाल्डा

यस पटक हिउँदमै पुर्न थालियो काठमाडौंमा सडकका खाल्डा

असारमा खर्च हुन बाँकी बजेट सक्न धमाधम खाल्डा पुर्ने प्रवृत्ति हटाउँदै सरकारले यस पटक हिउँदमै काठमाडौंका सडक मर्मतको कामलाई तीव्रता दिएको छ ।

काठमाडौं सडक डिभिजन कार्यालयका अनुसार अहिले काठमाडौंको मुख्य सडकमा रहेका खाल्डाखुल्डी मर्मत र कालोपत्रे गर्ने कामलाई तीव्रता दिइएको छ 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सुन्दर, सफा र सुरक्षित शहर निर्माणको लक्ष्यसहित काठमाडौं उपत्यकामा सडकको नियमित मर्मत सम्भार सुरु गरिएको जानकारी दिएका छन् ।

उनले सडक मर्मतको कामलाई नियमित र प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाएका छन् । हिउँदको सुरुवातमै हुने विकास निर्माणको कामबाट एकातर्फ पूँजीगत खर्च भई अर्थतन्त्र चलायमान हुन्छ भने काम समेत गुणस्तरीय हुन्छ ।

सरकारले हरेक वर्ष १० अर्ब रुपैयाँ हाराहारी बजेट सडक मर्मतमा छुट्याउने गर्छ