युद्धविराम भएको अमेरिकाको दाबीका बीच इजरायलले फेरि गर्‍यो इरानमा आक्रमण

युद्धविराम भएको अमेरिकाको दाबीका बीच इजरायलले फेरि गर्‍यो इरानमा आक्रमण

इरानको राजधानी तेहरानमा इजरायलले विभिन्न स्थानहरूमा एकपछि अर्को हमला गरेको गरेको छ। इरानी सरकारसम्बद्ध तास्निम समाचार एजेन्सीले स्थानीय समयअनुसार मंगलबार बिहान इजरायलले आक्रमण गरेको जनाएको हो।  

इजरायली सेनाले यसअघि तेहरानको मेहरान र जिल्ला ६ का बासिन्दालाई सैन्य कारवाही हुने चेतावनी दिएको थियो। साथै, जिल्ला ७ पनि इजरायली सेनाले खाली गराउने सूचना जारी गरेको थियो। युद्धविराम भएको अमेरिकाको दाबीकै बीच इजरायलले इरानमा आक्रमण गरेको हो।