युट्युबमा हेर्नूस सुशान्त केसीको डेब्यू अभिनय रहेको छोटो फिल्म ‘यस्तै रैछ’
गायक सुशान्त केसी फिल्म अभिनेता समेत बनेका छन् । उनको डेब्यू अभिनय रहेको छोटो फिल्म ‘यस्तै रै’छ’ युट्युबमा आइतबार सार्वजनिक भएको छ ।
यसअघि केही फिल्ममा पाश्र्वगायन गरेपनि अभिनयमा केसीको डेब्यू हो । नेपालमा बसोबास गर्दै आएका अस्ट्रेलियाली सर्ट फिल्ममेकर कलानी गाकोन निर्देशित फिल्ममा थिन्ले ल्हामोले पनि अभिनय गरेकी छिन्
‘नाका’ फिल्मबाट अभिनयमा डेब्यू गरेकी ल्हामोको पछिल्लो फिल्म ‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलमा छनोट भएको थियो । उक्त फिल्मबाट ल्हामोले विश्वब्यापी चर्चा पाइन् ।
१२ मिनेट ३१ सेकेन्डको फिल्ममा सुशान्तले एक नेवारी युवकको भूमिका निर्वाह गरेका छन् । युवायुवतीको वियोगान्त मर्मस्पर्शी प्रेमकथा यसमा समेटिएको छ ।



थर्ड पोल 