आज मेघगर्जन-चट्याङ्गसहित वर्षाको सम्भावना

आज मेघगर्जन-चट्याङ्गसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। आज बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागका भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशका पहाडी भू-भागमा भने आंशिक बदली हुनेछ । देशका अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश-१ का पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।