महाकालीको किनारमा विपिनको दाहसंस्कार

महाकालीको किनारमा विपिनको दाहसंस्कार

महाकाली नदीको किनारमा आज विपिन जोशीको दाहसंस्कार गरिएको छ।

सोमबार साँझ भीमदत्त नगरपालिका–३ स्थित निवासमा जोशीको शव पु-याइएको थियो।

आज बिहान विपिनको शवयात्रा पश्चात महाकाली नदी किनारमा दाहसंस्कार गरिएको हो।

विपिनको शवलाई सशस्त्र प्रहरी बल नेपालको एक टुकुडीले सलामी अर्पण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए।  

शवयात्रामा स्थानीय तहका जनप्रतिनिधि, प्रशासनिक निकाय र सुरक्षा निकायका पदाधिकारीका साथै सयौँ स्थानीयवासी सहभागी थिए।