मेयरबाट राजीनामा दिने तयारीमा बालेन शाह,
काठमाडौं महानगरपालिका मेयर बालेन शाहले चुनावअघि नै पदबाट राजीनामा दिने तयारी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र बालेन शाहबीच बृहत एकतामा हस्ताक्षर भएसँगै उनी रास्वपा नेता भएका छन्।
साथै उनी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुने तयारीमा छन्। त्यसैले मेयर पदबाट शाहले राजीनामा दिने तयारी गरिरहेका छन्। कहिले राजीनामा दिने भनेर मिति टुंगो लागिनसकेको र पुसभरिमा राजीनामा दिनसक्ने मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।
‘कहिले राजीनामा दिने भन्ने यकिन भइसकेको छैन। महानगरपालिकामा के-कति कामहरू बाँकी छन्। त्यसका लागि कति समय लाग्छ त्यसबारे हेर्दैछौं। अबको केही हप्तामा राजीनामा दिने तयारी हो,’ उनले भने।



थर्ड पोल 