मनमती खोलामाथि बनेका अनधिकृत संरचनामाथि काठमाडौं महानगरको डोजर

मनमती खोलामाथि बनेका अनधिकृत संरचनामाथि काठमाडौं महानगरको डोजर

काठमाडौं महानगरपालिकाले मनमती खोलामाथि बनेका अनधिकृत संरचनामाथि डोजर चलाएको छ। 

बिहीबार कालीमाटी कुलेश्वर हुँदै बग्ने मनमती खोलामाथि बनेका पुल भत्काएको नगर प्रहरी ईश्वर वाग्लले जानकारी दिए। 

उनका अनुसार त्यहाँ स्थानीयले व्यक्तिगत प्रयोजनका लागि पुलहरू बनाएका थिए।

'निजी प्रयोजनका लागि बनाइएका संरचना डोजर लगाएर हटाएका हौं,' उनले भने, 'खोला अतिक्रमण गरी राखिएका संरचना मात्रै हटाएका हौं।'