मधेसमा मुख्यमन्त्री नियुक्तिको पक्ष र विपक्षमा प्रदर्शन

मधेसमा मुख्यमन्त्री नियुक्तिको पक्ष र विपक्षमा प्रदर्शन

 मुख्यमन्त्री नियुक्तिको विरोधमा विपक्षी दलहरूले धर्ना लगायतका आन्दोलनको कार्यक्रम जारी राखेको समयमा मुख्यमन्त्रीका समर्थक तथा एमालेका नेता कार्यकर्ताहरू पनि धर्नामा उत्रिएका छन् । 

मुख्यमन्त्री यादवलाई विपक्षी दलहरूले काम गर्न नदिएको भन्दै काम गर्न दिनुपर्ने मागसहित उनको समर्थकहरू धर्नामा बसेको छन् । 

जनकपुरधामस्थित जनक चोकमा मुख्यमन्त्री यादवका समर्थक एवं एमालेका नेता–कार्यकर्ताहरू धर्नामा बसेका छन् । संविधानलाई रक्षा गरौँ र मुख्यमन्त्री यादवलाई काम गर्न देऊ भन्दै आफूहरू धर्नामा बसेको एमाले महोत्तरीका अध्यक्ष बलिराम यादवले बताए ।