माछापुच्छ्रे बैंकले ८ प्रतिशत लाभाशं वितरण गर्ने

माछापुच्छ्रे बैंकले ८ प्रतिशत लाभाशं वितरण गर्ने


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको संचालक समितिबैंठकले गत आर्थिक बर्ष २०८१/८२ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ८ प्रतिशत लाभांश (कर सहित) वितरण गर्र्ने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृती र आगामिबार्षिक साधारण सभाबाट पारित भए पश्चात बैंकले आफ्ना शेयरधनिलाई ४प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरी जम्मा८ प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने निणर्य गरेको हो ।

माछापुच्छ्रे बैंकले देशका हरेकबर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ ।

नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।