मुक्तिनाथमा राखिने ३५ फिट अग्लो विष्णुको मूर्ति तयार हुँदै

मुक्तिनाथमा राखिने ३५ फिट अग्लो विष्णुको मूर्ति तयार हुँदै

 मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा राखिने विष्णु भगवानको मूर्ति निर्माण भइरहेको छ ।

उक्त ठाउँमा ३५ फिट अग्लो मूर्ति राख्न लागिएको हो ।

मूर्ति निर्माणको काम ४० प्रतिशत सकिएको निर्माण कम्पनी अरनिको स्टोन कार्भिङका धर्मराज शाक्यले जानकारी दिए । यो मूर्ति निर्माण सम्पन्न भएपछि नेपालकै सबैभन्दा ठूलो विष्णु मूर्ति बन्ने छ ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ मा सुरु गरेको यो परियोजनाका लागि शेष घले दम्पतीले ३ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन् ।