भारततर्फ लैजाँदै गरेको करिब ४८ लाख मूल्य बराबरको ‘इलेक्ट्रिक चुरोट’बरामद

भारततर्फ लैजाँदै गरेको करिब ४८ लाख मूल्य बराबरको ‘इलेक्ट्रिक चुरोट’बरामद

सशस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट (बिओपी)शक्तिपुर बर्दियाले मध्यरातमा भारततर्फ लैजाँदै गरेको अवैध चाइनिज इलेक्ट्रिक भेप बरामद गरेको छ । सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले करिब ४८ लाख ५ हजार मुल्य बराबरको ‘स्पेसम्यान एसपी ४००००’ मोडलको भेप इलेक्ट्रिक चुरोट नियन्त्रणमा लिएको हो 

बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ५ गाउँ नम्बर १० स्थित फुलाराम चोकको बाटोहुँदै मध्यरातमा नेपालबाट अवैधरुपमा भारततर्फ लैजाँदै गरेको इलेक्ट्रिक भेप नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल ३१ नम्बर गण हेडक्वाटर बर्दियाका गणपति सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीले जानकारी दिए ।  साइकलमा जाँदै गरेका तस्करहरू सशस्त्र प्रहरी देख्नासाथ सामान छोडेर भारततर्फ भागेको सशस्त्र प्रहरी बलले जनाएको छ।