भदौ ११ गते राज्य व्यवस्था समिति सभापतिको निर्वाचन हुने
संघीय संसद सचिवालयले राज्य व्यवस्था समितिको सभापति चयनका लागि निर्वाचन सम्बन्धी सूचना प्रकाशन गरेको छ।
सभामुख देवराज घिमिरेले भदौ ११ गते बुधबारका लागि सभापति चयनका लागि तोकेको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडसँग त्रुटिको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएपछि सभापति पद रिक्त थियो।
प्रतिनिधि सभा नियमावली अनुसार सभापतिको पद रिक्त भएको १५ दिनभित्र रिक्त रहेको सभापति चयन गरिसक्नुपर्ने प्रावधान गरेको छ।
दलीय सहमतिका आधारमा राज्य व्यवस्था समिति नेपाली कांग्रेसको भागमा परेकाले अन्य कुनै पद दलले सभापति दाबी गरेका छैनन्।



थर्ड पोल 