बसपार्कमा पार्किङ गरिराखेको दुइटा बसमा आगलागी
वीरगन्जमा रोकिराखेको दुईवटा बसमा आगलागी भएको छ।
वीरगन्ज नयाँ बसपार्कमा पार्किङ गरिराखेको दुईवटा बसमा आगलागी भएको हो।
आगालगीबाट जम जम लेखिएको दुईवटै बस पूर्ण रूपमा जलेको छ।
सुरक्षाकर्मी र वीरगन्ज महानगरपालिकाको अग्नी नियन्त्रक टोलीले दमकलको सहयोगमा आगो निभाएको थियो।
ना ५ ख ६२१६ र ना ५ ख ६२१७ नम्बरको बसमा आगलागी भएको इलाका प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नविन थापा मगरले जानकारी दिए ।
‘४/५ महिनादेखि रोकिराखेको दुई वटा बसमा आगलागी भएको छ,’ उनले भने, ‘सुरुमा एउटा बसमा आगो लागेर अर्को वसमा सल्किएको जस्तो देखिन्छ, आगलागीको कारण खुल्न सकेको छैन।’
राति पौने १ बजेतिर आगलागी भएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।



थर्ड पोल 