बालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा एक जना पक्राउ

बालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा एक जना पक्राउ

पोखरामा बालिकालाई ललाई फकाइ यौन क्रियाकलापमा लगाएको आरोपमा एक जना पक्राउ परेका छन्। 

पोखरा महानगरपालिका-३ नालामुखस्थित सिन्धु खाजा घर सञ्चालक २३ वर्षीय सिन्धु किसान पक्राउ परेका छन्।

उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले आइतबार साँझ पक्राउ गरेको हो। 

बालिकालाई ललाई फकाइ विभिन्न प्रलोभनमा पारेर यौन क्रियाकलापमा लगाएको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। 

किसानलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।