बाबुराम भट्टराई भारत जाँदै
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत जाँदैछन्।
भारतमा आयोजना हुने दुई वटा कार्यक्रममा वक्ताका रूपमा सहभागी हुन भट्टराई आइतबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।
आइआइटी मुम्बईमा आयोजित हुने टेक फेस्ट र म नयाँ दिल्लीस्थित भारत अन्तर्राष्ट्रिय केन्द्रमा दक्षिण एसियाली नागरिक पहल समूहद्वारा आयोजना भएको विशेष कार्यक्रममा समेत प्रमुख वक्ता रहनेछ उनको सचिवालयले जनाएको छ।
भ्रमणका क्रममा भट्टराईले भारतका बौद्धिक, कूटनीतिक र शैक्षिक क्षेत्रका प्रतिनिधिसँग नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य र लोकतान्त्रिक अभ्यासका समसामयिक विषयमा छलफल गर्ने उनको सचिवालयले जनाएको छ।
भट्टराई पुस ९ गते नेपाल फर्कनेछन्।



थर्ड पोल 