बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको भाउ बढेको छ।

आइतबार प्रतितोला तीन हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९६ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ९६ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ।

आइतबार प्रतितोला दुई हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला दुई हजार दुई सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।