पूर्वराष्ट्रपति भण्डारीसँग गृहमन्त्री अर्यालको छलफल, लिए घरको क्षतिको विवरण

पूर्वराष्ट्रपति भण्डारीसँग गृहमन्त्री अर्यालको छलफल, लिए घरको क्षतिको विवरण

 गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौंको चपलीस्थित घरको निरीक्षण गरेका छन्। 

बिहीबार चपली पुगेर अर्यालले जेनजी आन्दोलनक क्रममा आगजनीमा परेको पूर्वराष्ट्रपति भण्डारीको घरको निरीक्षण गर्दै क्षतिको विवरण लिएका थिए। 

त्यसलगतै गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति भण्डारीसँग छलफल समेत गरेका थिए। छलफलका क्रममा पूर्वराष्ट्रपति भण्डारीले आगामी प्रतिनिधिसभा निर्वाचनका तयारीबारे चासो व्यक्त गरिन्।  

यसअघि अर्यालले काठमाडौंको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घरको समेत निरीक्षण गरेका थिए भने  पूर्वराष्ट्रपति डा‍. रामवरण यादवसँग पनि भेटवार्ता गरेका थिए।