प्रधानमन्त्री ओली आज झापा जादै
प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा आउने भएका छन्। प्रधानमन्त्री ओली आज र भोलि झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन आउन लागेका हुन्। उनी आज बिहान ११:३५ बजे भद्रपुरस्थित चन्द्रगढी विमानस्थल आउन कार्यक्रम रहेको जनाइएको छ।
कार्यक्रम तालिका अनुसार आज दिउँसो १२ बजे झापाको बुद्धशान्ति गाउँपालिका-३ स्थित भागिरथा न्यौपाने अस्पताल उद्घाटन गर्नेछन्। त्यसपछि बुद्धशान्तिबाट इलाम प्रस्थान गर्नेछन्।
आजै दिउँसो २:१५ बजे इलामको माई नगरपालिका-२ मा नगर अस्पताल उद्घाटन, सुकुम्वासीलाई धनीपुर्जा वितरण र खानेपानी आयोजनाको शिलान्यास गर्नेछन्। प्रधानमन्त्री ओलीले आजै दिउँसो ४:४५ बजे कनकाई नगरपालिका-३ स्थित उद्योग वाणिज्य संघको हलमा आयोजना हुने कार्यक्रममा सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने कार्यक्रम रहेको छ। आज प्रधानमन्त्री ओली झापाको दमकमै बस्ने छन्।



थर्ड पोल 